
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । पछिल्लो समय लगातार रुपमा घटिरहेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ५४ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।


