
एनपीएल फाइनल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य
काठमाडौं । दिलिप नाथ र अली शेखको ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोएल्ससलाई १५६ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हहारेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।
लुम्बिनीका लागि दिलिप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३० र विकेटकिपर निरोशन डिकवेलाले २८ रन बनाए । अली शेखले २४ र डार्शी सर्टले २१ रन जोडे । लुम्बिनीका ओपनर आसिफ शेख फाइनलमा व्यक्तिगत १ रनमा आउट भए । यसै सिजन लुम्बिनीमा अनुबन्त्र भएका उनी तेस्रो ओभरमा स्कट कुगेलेइनको बलमा एबलीडब्लु आउट भए । आसिफले रिभ्यु लिएपनि डिएआरस पछि बलले स्टम्प लागेको दिएपछि उनी आउट भए ।
छैटौं ओभरमा बलिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो बलमै सर्टलाई बोल्ड गरे । सर्टले १८ बल खेल्दै ४ चौका मदतमा २१ रन जोडे ।
३५-२ को स्थितीबाट कप्तान रोहित कुमार पौडेल र विकेटकिपर निरोशन डिकवेलाले लुम्बिनीको इनिङ्स सम्हाले । यो जोडीले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । डिकवेलालई ११औं ओभरमा थरिन्दु रत्नायकेले बोल्ट गरपछि रोहितले दिलिप नाथसँग ३४ रनको साझेदारी गरे । डिकवेलाले १७ बल खेल्दै १ चौका र २ छक्का मदतमा २८ रन जोडे । रोहित १५औं ओभरको अन्तिम बलमा रनआउट भएका थिए । रोहितले ३१ बल खेल्दै ४ चौका मदतमा ३० रन जोडे ।
त्यसपछि आएका सन्दिप जोरा ४ रन बनाएर आउट भए ।
दिलिप नाथ र अली शेखले त्यसपछि लुम्बिनीका लागि छैटौं विकेटका ३३ रनको साझेदारी गरे । अन्तिमसम्म ब्याटिङ गरेका दिलिप नाथले ३१ बल खेल्दै ३ छक्का मदतमा अविजित ३९ रन बनाए । रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा थरिन्दु रत्नायके र कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए । लेट केमियो इनिङ्स खेलेका अली शेखले १२ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा २४ रन योगदान गरे ।


