

नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तीनाथ विकास बैक बिच, एक व्यावसायीक साझेदारीको सम्झौता




काठमाडौं । लघु बीमा कम्पनीहरु मध्ये छोटो समयमा उच्च छवि स्थापित गर्न सफल नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तीनाथ विकास बैंक बिच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार (डाईभर्स बिजनेश भेण्डर) विविधि लगानीमा जोडीन सहज हुने जनाइएको हो ।
सोही सम्झौताका लागि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल तथा मुक्तीनाथ विकास बैंकको तर्फबाट डीसीईओ समिर शेखर बज्राचार्यले हस्ताक्षर समेत गरेका छन् ।
सोही अवसरमा नेपाल माइक्रो इन्स्योरेन्सका डीसीईओ अनिल राज गिरी, मनोज कुमार चौधरी (चिफ डेभलेपमेन्ट अफिसर), कारोबार शाखा प्रमुख (ट्रान्जेक्सन हेड) राजेन्द्र पाण्डे क्रमश : मुक्तीनाथ विकास बैंकबाट उपस्थित भएका थिए ।
नेपाल माइक्रोका सीईओ रिमालले सोही सम्झौताले नयाँ नयाँ व्यावसायीक ढोकाहरु खुल्ला हुने विश्वास व्यक्त गरेका छन् ।
यता, मुक्तीनाथ विकास बैंकका डीसीईओ बज्राचार्यले पनि उक्त सम्झौता व्यावसायीकता र औपचारिकतामा मात्रै सिमित हुने नभई आगामी दिनमा आविष्कारमूलक एवम् उपलब्धिमूलक हुने समेतमा जोड दिए ।