

बीमा दर्पणलाई सफलताको कामना,तपाईहरुको कलम शसक्त होस् : प्राधिकरणका प्रवक्ता सुवेदी




काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशिलदेव सुवेदीले बीमा दर्पण डटकमलाई शुभकामना व्यक्त गरेका छन् । सुवेदीले आवश्यक विषय वस्तुहरुमा लेख्न कलम शसक्त बनोस् भन्ने शुभ भाव व्यक्त गरेका हुन् ।
प्राधिकरणका प्रवक्ता सुवेदीले भने,‘बीमा दर्पण भन्ने नयाँ अनलाइन पत्रिका सुरु गर्नु भएकोमा नबिन पोखरेलजीलाई धेरै–धेरै बधाई तथा शुभकामना छ । बीमा क्षेत्रमा खासगरी असाध्यै महत्वपूर्ण मानिएको दाबी, त्यसैगरी पुनर्बीमा र बीमाका अन्य क्षेत्रहरु जस्तो अण्डरराईटिङ (जोखिमाङ्कन), सुशासनका विषयहरुमा यहाँले जसरी विगमा पनि कलम चलाउँदै आउँनु भएको छ त्यसलाई निरन्तरता दिनु होला । यी नै विषयहरुमा फोसक गर्नु भयो भने बीमा क्षेत्रलाई लाभ हुन्छ भन्ने मलाई लागेको छ ।’
पत्रिकाको माध्यमबाट बीमित तथा नागरिकमा समयमै जानकारी पुर्याउन, यस क्षेत्रका समस्या समाधान गर्नदेखि बीमा क्षेत्रको विकासले देशको अर्थतन्त्रमा समेत राम्रो योगदान पुग्नेसम्मका गतिविधिमा भूमिका खेल्न सक्ने पर्याप्त स्थान रहेको उनले औंल्याए ।
बीमा प्राधिकरणका प्रवक्ता सुवेदीले थपे,‘तपाई जस्तो जुझारु, तपाईजस्तो सशक्त कलम भएको यूवाले पत्रिकाको थालनी गर्न आट्नु भएको छ । त्यसमा बीमा प्राधिकरण र व्यक्तीगत रुपमा पनि म लगायत हाम्रो टीम सबै खुशी छौं । भविष्यमा तपाईलाई पर्ने जुनसुकै औपचारिक, अनौपचारिक सहयोग गर्न हामी तत्पर छौं, कटिवद्ध छौं । तपाईको अनलाइन पत्रिका राम्रोसँग दीगो ढंगले संचालित होस्, धन्यवाद । शुभकामना ।’