

बीमा प्राधिकरणबाट अर्थमन्त्रालयमा पाँच अर्ब लाने तयारी




काठमाडौं । नेपाल बीमा प्राधिकरण स्रोतका अनुसार बीमा प्राधिकरणको कोषमा रहेको करिब नौ अर्ब रुपैयाँ मध्ये पाँच अर्ब रुपैयाँ अर्थमन्त्रालय लगिने भएको हो। सोही प्रक्रियाका लागि आवश्यक काम समेत सुरुवात गरिएको बीमा प्राधिकरणका एक कर्मचारीले स्वीकार गरे ।
हाल नेपाल बीमा प्राधिकरणले नियमन शुल्क बापत सबै बीमा कम्पनीमार्फत मोटो रकममा शुल्क उठाउने गरेको छ । बीमकहरुको नाफा र कारोबारबाट संकलन गरिएको रकमबाट प्राधिकरणको खातामा अर्थ मन्त्रालय लगिने भएको हो ।
यता बीमा प्राधिकरणको समेतआर्थिक अवस्था सबल रहेको चर्चा चलिरहेको बेलामा बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल आवश्यक प्रक्रिया अघि बढेको खुलासा गरे ।
अहिले प्राधिकरणको खातामा करिब नौ अर्ब रुपैयाँ रहेको र सोही रकम मध्ये एक तिहाई कोषमा राखिने प्रावधान रहदै आएको छ । त्यस्तै, थप विभिन्न प्रकारका कोषहरुमा राखेर बाँकी रहेको रकम सरकारी खातामा सार्ने निर्णय गरिएको बेलामाब बीमा क्षेत्रमै रहका विभिन्न कामका लागि समेत सो रकम खाँचो हुँने औल्याइएको छ ।
बीमा प्राधिकरणले भने सो विषयमा खुलेर कुनै पनि जवाफ या योजना सार्वजनिक गरेको छैन ।