
निर्जीवन बीमाको व्यवसाय साढे १५ अर्ब माथि, कुनकाे कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १५ अर्ब माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार ठूला बीमा कम्पीहरुको व्यवसाय १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ पुगेको हो ।
प्राधिकरणको तथ्यांक अनुसार १४ वटा ठूला निर्जीबन बीमा कम्पनहिरुले ८ लाख ३६ हजार ७४ वटा बीमा पोलिसी बिक्री गर्दै उक्त रकमको व्यवसाय गर्न सफल भएका छन् । यस अवधिमा सबैभन्दा धेरै मूल्यको बीमा व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १ अर्ब ६० करोड ९९लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ३१ करोड ९५लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ९८ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ९६ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले ८२ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ७१ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले ५३ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ५० करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।



