
सूर्यज्योति लाइफको नाफा १० करोड २९ लाख, इपीएस कति ?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा १५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १५.९५ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १० करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । बजकी गत वर्षको पहिलो त्रैमासिकमा कम्पनीले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७८ रुपैयाँबाट घटेर ८.२२ रुपैयाँ कायम भएको छ । त्यस्तै प्रतिसयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषभने २३.७४ प्रतिशतले वृद्धि भई ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो कोष ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, खुद आर्जित बीमाशुल्क २१.२८ प्रतिशतले बढेर ३ अर्ब ५४ करोड ८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
लगानी तथा कर्जाबाट प्राप्त आम्दानी पनि ५.८३ प्रतिशतले वृद्धि भई ९४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल आम्दानी १७.५५ प्रतिशतले बढेर ४ अर्ब ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १९.१८ प्रतिशतले वृद्धि भई चार अर्ब ४९ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । यसैगरी, विपत्ति कोष २.०९ प्रतिशत र जगेडा तथा सञ्चित आम्दानी ११.७८ प्रतिशतले बढेको छ । कम्पनीको कुल दाबी भुक्तानी २०.९३ प्रतिशतले वृद्धि भई तीन अर्ब ५७ करोड सात लाख रुपैयाँ पुगेको छ भने अभिकर्ता कमिसन खर्च ३२.०७ प्रतिशतले बढेर २८ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।


