
नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद सेयर लगानी गर्न सहमति
काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्ने निर्णय गरेको हो ।


