
रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई २ रनले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनको मद्दतले विराटनर २ रनल विजयी भएको हो ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । उसका लागि सैफ हसनले सर्वाधिक ७१ रनको योगदान दिए पनि त्यो टोलिको हारका लागि पर्याप्त हुन सकेन् । त्यस्तै विशाल सुस्लिङले ४३ रन बनाए भने जेनि निसमले २७ रन बनाए । विराटनगरका लागि आन्द्र रसेलले ४ विकेट लिए । त्यस्तै एन्जेलो म्याथ्युजले २ विकेट लिए भने रुपेश सिंहले एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ३ विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका लागि इमरान शेखले ४५ बलमा ५ चौका र २ छक्काको मद्दतले टोलीका लागि सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । त्यसैगरी लोकेश बमले पनि ४० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको योगदान दिए ।
अन्तिम समयमा विष्फोटक ब्याटिङ गरेका आन्द्रे रसेलले मात्र २९ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ५२ रन बनाए । जनकपुर बोल्ट्सका तर्फबाट अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट लिए ।


