
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?
काठमाडौं । नेपाली बजार शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ३ हजार २०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १०५ रुपैयाँले घटेर तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा ३ हजार ९३० रुपैयाँमा कारोरबार भएको थियो ।


