
प्रधानन्यायाधीश शर्माले भने : घुससम्वन्धी झुट्टो समाचार प्रकाशन गरी भ्रम छर्न खोजियो
काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा। मनोजकुमार शर्माले आफनो बारेमा दियो पोस्ट भन्ने अनलाईन पत्रिका लगायतका सञ्चारमाध्यमले झुट्टो समाचार प्रकाशन गरी भ्रम छर्न खोजेको बताएका छन् ।
उनले बिहीबार दियो पोस्ट भन्ने अनलाईन पत्रिका लगायतका सञ्चार माध्यममाले आफनो बारेमा गलत समाचार प्रकाशन प्रसारण गरि जनमानसमा भ्रम छर्न खोजेको बताएका हुन् । शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै सो कुरा बताएका छन् । ‘आज दियो पोस्ट भन्ने अनलाईन पत्रिका लगायतका सञ्चार माध्यममा मेरो नाम समेत जोडी “प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’ : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !” लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति म आश्चर्यचकित र स्तब्ध भएको छु। जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरु एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन, ’ उनले विज्ञप्तिमा भनेका छन् ।
शर्माले जारी गरेका विज्ञप्तिको पूरा पाठ
डा. श्री मनोजकुमार शर्मा
प्रधान न्यायाधीश
विज्ञप्ती
आज दियो पोस्ट भन्ने अनलाईन पत्रिका लगायतका सञ्चार माध्यममा मेरो नाम समेत जोडी “प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’ : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !” लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति म आश्चर्यचकित र स्तब्ध भएको छु। जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरु एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन। ती व्यक्तिहरुसँग मेरो प्रत्यक्ष एवं परोक्ष रुपमा चिनजान, सम्पर्क समेत छैन । मैले कहिँकतैं भेटेको पनि छैन । उक्त प्रसङ्गमा उल्लेखित मिति नोभेम्बर, डिसम्बेर र जनवरी मा म प्रधान न्यायाधीश पनि भइनसकेको अवस्था छ । यसरी आधारहीन, झुठ्ठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दुषित उद्धेश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु । यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोध समेत गर्दछु ।
मितिः २०८३/०७/१२
सर्वोच्च
अदालत
काठमाडौं


