
नापेड लघुवित्तको सीईओमा पवन श्रेष्ठ
काठमाडौं । नापेड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बेठले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।
कात्तिक १६ गतेदेखि लागू हुने गरि आगामी दुई वर्षका लागि उनलाई सीईओ नियुक्त गरिएको कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिए ।


