

नेपाल कबड्डी लिगको फाइनल खेलमा टीम जनकपूर नाइट्स विजयी




काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को शुक्रबार सम्पन्न फाइनल खेलमा टीम जनकपूर नाइट्सले विजय हाँसिल गरेको छ । अन्तिम चरणमा सम्पन्न खेलमा टीम जनकपूर नाइट्स र टीम काठमाडौं माभरिक्स बिच घमासान प्रतिपस्र्धा भएको थियो ।
फाइनल खेलमा शुक्रवार काठमाडौं माभरिक्सलाई ४५-४१ ले हराउँदै जनकपुर पहिलो संस्करणको विजेता बनेको हो। आयोजकका अनुसार उपाधिसँगै जनकपुरले ५ लाख प्राप्त गरेको छ। पहिलो पटक भएको फ्रेन्चाइज कबड्डी लिगमा कुल ६ टिमको सहभागीता रहेको बताइएको छ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा संचालित उक्त खेल नेपालका लागि कबड्डी सेग्मेन्टमा सबैभन्दा ठूलो लिग भएको समेत बताइएको छ । अहिले खेल मोह बढेसँगै नेपालले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा समेत खेल क्षेत्रका छवि फराकिलो बनाउँदै गएको अवस्था छ । सोही बखतमा कबड्डीमा समेत दर्शकहरुको सहभागीता आकर्षक देखिएको हो।
सोही कार्यक्रममा सुरुची सन फलावर आयल, बेगानी ग्रुप, भिदेस अ स्टाइल अफ फिलोसोफी, के बी एस ए एम, मन्जु श्री फाइनान्स लिमिटेड, आयूष पेपर, नबिल बैंक, नेको इस्योरेन्स, भारतिय सरकारको लागानी रहेको निर्जीवन बीमा कम्पनी ओरेन्टल इन्स्योरेन्स लगायत विभिन्न ठूला घरानाहरुले प्रयोजन गरेका थिए । त्यस्तै, इन्टनेट सेवा प्रदायक वल्र्ड लिंक लगायतको प्रयोजन कार्यक्रममा रहेको थियो ।
कार्यक्रमको टिकेट पार्टनरको रुपमा डिजिटल सेवा प्रदायक खल्ती ले सहभागीता जनाएको थियो ।
एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा यही माघ ४ गतेदेखि सुरू भएको एनकेएलको सुरुवाती चरणमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सले खेल्दै खेलको शुभारम्भ गरेका थिए ।
आयोजक टोलीका अनुसार एनकेएलमा राउन्ड रोबिन लिगमा १५ खेल सम्पन्न हुने तालिका तय भएको थियो । सोही मध्ये शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गरेको र लिगका शीर्ष दुई टीमले माघ १४ गते क्वालिफायर १ खेल्ने अवसर पाएका हुन् । सोही खेलको विजेताले फाइनलमा पुग्ने मौका पाए।
त्यसरी नै लिगमा तेस्रो र चौथो स्थानमा पुगेका टिमले भने माघ १४ गते नै एलिमिनेटरमा खेल्दै उनीहरुको विजेता क्वालिफायर २ मा पुग्ने अवसर पाएका हुन् । आयोजकका अनुसार फाइनल खेल माघ १८ गते शुक्रबार सम्पन्न भएको हो ।