
नेप्से सामान्य सुधार, कारोबार साढे ५ अर्ब माथि
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको बजार आज बढेर कारोबार भएको हो ।
मंगलबार सेयर बजार परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३६ कम्पनीको सेयर मूल्य बढेको छ । आज ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.३० अंकले घटेर ४७५.४७ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ ।
परिसूचक सामान्य बढेको दिन साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३६० कम्पनीका १ करोड ५३ लाख ३६ हजार ९७७ कित्ता सेयर ५२ हजार ९९७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ७९ करोड ५१ लाख ९६ हजार ३७८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


