
बैतडीमा भूकम्प
बैतडी । बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो ।


