
एकल अंकले घट्यो नेप्से, कारोबार साढे ३ अर्ब माथि
काठमाडौं । बुधबार सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो दिन बढेको बजार आज घटेर बन्द भएको हो ।
अघिल्लो दिन ११ अंकले बढेको बजार आज ६.३८ अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २५७२.३४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६७ कम्पनीको सेयर मूल्य घटेको छ । आज १०० कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.६३ अंकले घटेर ४६१.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको बढेको छ । परिसूचक घटेको दिन बजारमा साढे ३ अर्ब माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३५९ कम्पनीका १ करोड ३ लाख ६८८ कित्ता सेयर ३९ हजार ४६६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ रुपैयाँको कारोबार भएको छ ।


