
सन सेक्युरिटिजको इस्लिङ्टन कलेजमा आयोजित ३० दिने स्टक सिमुलेसन समापन
काठमाडौं। राजधानीको नक्साल नारायण चौरको समिपमा अवस्थित सन सेक्युरिटिज प्रालिले मनीमेज आइस्लिङ्टन कम्युनिटीको सहकार्यमा आइस्लिङ्टन कलेजका विद्यार्थी लक्षित ३० दिने स्टक सिमुलेसन प्रतियोगिता आयोजना गरेको थियो । सो कार्यक्रम सम्पन्न भएको बताइएको हो ।
सन सेक्यूरिटिजका अनुसार सो कार्यक्रम भदौ ८ देखि सुरु भई ३० दिन सञ्चालन भएको गरिएको छ। अन्ये बेलामा जस्तै सेक्यूरिटिले दिने तालिममा विद्यार्थीहरूलाई शेयर बजारबारे विभिन्न जानकारी दिइएको थियो । क्यापिटल लिर्टेसीमा आधारित सो काय्रकम फलदायी हुने अपेक्षा पनि गरिएको छ ।
अब सहभागीहरुले शेयर किन बेचको सवालमा पहिलेको भन्दा बढी ज्ञान प्राप्त गरेको अवस्था छ । सोही प्रतिस्पर्धात्मक कार्यक्रममा अछुर्णा काफ्लेले उत्कृष्ट प्रदर्शन गर्दै टुर्नामेन्ट विनरको उपाधि हासिल गर्दै २५,००० हजार रुपैयाँ नगद पुरस्कार जितेकी छिन।
यता, अरुण भण्डारीले फर्स्ट रनर अप बन्दा १५ हजार रुपैयाँ तथा सोनु कुमारले दोस्रो रनर अप बनेको बेलामा १० हजार नगद पुरस्कार हात पार्न सफल भए।
हाल सन सेक्यूरिटिजको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेपाली शेयर बजारको गहिरो ज्ञान र अनुभव प्राप्त सरल एवम शलिन व्यक्ती कृष्ण गिरी रहदै आएका छन् ।


