
हकप्रद सेयर जारी गर्दै नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आउँदो कात्तिक ९ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीले हालय कायम चुक्तपुँजी १ अर्ब २० करोड रुपैयाँको ३ः१ अनुपातमा अर्थात ३३ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयरमा सेयरधनीहरुले मंसिर १४ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा सञ्चालक समितिको निर्णयबमोजिम अन्य किसिमले बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ ।
हकप्रद सेयर जारी गर्न कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज ३० गतेभन्दा अघिसम्म कायम संस्थापक सेयरधनीहरुमात्रै हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन् ।


