
हिमालयन लघुवित्तकी सञ्चालक आचार्यको राजिनामा स्वीकृत
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाकी सञ्चालक सुनिता आचार्यले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । संस्थामा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएकी आचार्यले व्यक्तिगत कारण देखाउँदै असोज १८ गते आफ्नो पदबाट राजिनामा दिएकी थिइन् ।
उनले दिएको राजिनामा संस्थाको सञ्चालक समितिको असोज १९ गते बसेको बैठकले स्वीकृत गरेको हो ।



