
सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदीको मूल्य
काठमाडौं। आज सुनका मूल्य स्थिर रहन पुगेको छ । सोही दिन नेपाली बजारमा चाँदीको मूल्य भने घटेको हो।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुरुप आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको बेलामा हिजो पनि सोही मूल्यमा किनबेच भएको थियो ।
साथै, सोही दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोलाको ४ हजार ४ सय १५ रुपैयाँ पुगेको हो ।


