
एक किलो सुनसहित महिला पक्राउ
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट सशस्त्र प्रहरीले एक किलो सुनका विभिन्न गरगहनासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेकी काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले पटेललाई सुनजस्तो देखिने पहेँलो पदार्थबाट बनाइएका विभिन्न गरगहनासहित नियन्त्रणमा लिएको थियो।
बरामद गरगहना सिद्धार्थनगरका सुनचाँदी व्यवसायीबाट परीक्षण गराउँदा एक किलोग्राम सुन कायम भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ। पक्राउ परेकी पटेललाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको छ ।


