
राष्ट्रिय बीमा कम्पनीको चौथो साधारणसभा सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकाे चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएकाे हाे ।
साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा.लिमा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू उपर छलफल गरी पारित भएका छन् । साथै आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्ति लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक समर्थन गर्ने प्रस्ताव पारित गरिएको छ ।

