
सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेशमा सेमिनार अन अनट्याप्ड पोटेन्सियल कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरू माझ ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु – सुदूरपश्चिम प्रोभिन्स (२०८३/८४)’ कार्यक्रम आयोजना गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो छलफल भएको बैंकले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको ७ जिल्लामा सिटिजन्स बैंकको १० शाखा कार्यालयहरू संञ्चालनमा छन् । यस अघि नै बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्परेटिभ्स फर बागमती प्रदेश’, कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ र मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप २०८३/८४’ कार्यक्रम सम्पन्न गरिसकेको बैंकले जनाएको छ ।
निरन्तरता स्वरूप सुदूरपश्चिम प्रदेशमा यस किसिमको सेमिनार गरिएको बैंकको भनाई छ । त्यस्तै, अरु प्रदेशहरूमा पनि यसैगरी क्रमश कार्यक्रम आयोजना गरिने जनाउको छ ।

