
पोखरा फाइनान्सको १ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको करिब २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको मर्जर प्रक्रियाका कारण रोक्का रहेको १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।
साबिक पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच १ः१ सेयर स्वाप अनुपातमा भएको मर्जरपछि कायम भएको सेयर नेप्सेमा सूचीकरण गरिएको हो । मर्जरपछि पोखरा फाइनान्स लिमिटेड (पीएफएल) को नाममा कायम भएको उक्त साधारण सेयरको अंकित तथा चुक्ता मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । कुल १ करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरिएको जनाइएको छ ।

