
सिटिजन्स सुपर ३० को लाभांश घोषणा, बुक क्लोजको कहिले ?

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० को लाभांश घोषणा भएको छ । फण्डले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिएको हो ।
योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त योजनाका इकाइधनीहरुलाई करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस योजनाको लाभांश वितरणार्थ आउँदो असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसको अर्थ असोज ८ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउन योग्य हुनेछन् ।

