
श्रम संस्कृतिको सरकार आए पछि सम्पूर्ण मजदुर र चालकको दुर्घटना र जीवन बीमा राज्यले गर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृत पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम संस्कृति सरकार आएको दिन सम्पूर्ण श्रमिक र चालकको दुर्घटना र जीवन बीमा हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।
‘श्रम संस्कृतिको सरकार आएको दिन सम्पूर्ण मजदुर, चालक मित्रहरुको दुर्घटना र जीवन बीमा राज्यले निशुल्क गर्ने छ । यो स्ट्याटसको प्रिन्ट गरेर राख्नुहोला,’ उनले लेखेका छन् ।

