
लुम्बिनी विकास बैंक र टी. एम. डेन्टल क्लिनिक छुट सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र टी. एम. डेन्टल क्लिनिक प्रा. लि बीच छुट सम्बन्धी सम्झौता भएको छ । दुई संस्थाहरु बीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष दन्त स्वास्थ्य सेवा तथा छुट सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको हो ।
सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकले क्लिनिकमा ओपिडि, आरभीजी एक्सरे, डेन्टल फिलिङ लगायतका सोमामा १० प्रतिशत छुट पाउने छन् भने दाँत इप्लान्ट सेवामा भने ५ प्रतिशत छुट पाउने छन् ।

