
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार १०० रुपैयाँ चाँदी ४० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ७ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर तोलाको ४ हजार ७२५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ७६५ रुपैयाँ रहेको थियो ।

