
लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले २२ औँ साधारणसभा असोज १२ गतेका लागि आह्वान गरेको हो ।
उक्त सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ ।
त्यसैगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) सेयर बाँडफाँट भएको मितिदेखि गत असार मसान्तसम्मको लागि समानुपातिक रूपमा वितरण गर्न स्वीकृतिका लागि पेश गरिने भएको छ । यता सर्वसाधारण (समूह ख) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गरिनुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १ गते एक दिनका लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । तसर्थ बुक क्लोजका आधारमा भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

