
सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार २ अर्ब ९४ करोड

काठमाडौं । बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन पनि बढेको सेयर बजार आज पनि १५.४४ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २५३८.११ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९३ कम्पनीको सेयर मुल्य बढेको छ भने ७५ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.०२ अंकले बढेर ४४९.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ । दुई वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा ३ अर्ब भन्दा कमको कारोबार भएको छ । आज ३५४ कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर ३९ हजार ६७३ पटक खरिद बिक्री हुँदा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ रुपैयाँको कारोबार भएको छ ।

