
जुम्लामा एक जना मृतावस्थामा फेला

जुम्ला । जुम्लामा एक पुरुषको शव फेलापरेको छ । चन्दननाथ नगरपालिका–६ स्थित यान्त्रिक कार्यालयनजिक बिहीबार साँझ जुम्ला–नाग्मा सडकखण्डमा एक पुरुष घोप्टो परेको अवस्थामा मृत फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शालिकराम खनालले जानकारी दिए ।
मृतक चन्दननाथ नगरपालिका–७ चिमा गाउँका ४१ वर्षीय रत्नचन्द्र रावल रहेको प्रहरीले जनाएको छ । प्रहरीले शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

