
डीडीसीको नयाँ आउटलेट, बानेश्वरमा शुभारम्भ

काठमाडौं । पुरानो एवम् स्थापित ब्राण्ड डीडीसीको नयाँ आउटलेट शुभारम्भ भएको छ । राजधानीस्थित बानेश्वर संसद भवनबाट केही मिटर भित्र सो आउटलेट संचालनमा आएको हो ।
रौतहट हिमालिबासका अनुकुल बस्नेत र अर्का यूवा संचालक कुशल तिमल्सीना सो आउटलेटको संचालन गर्नेछन् । विभिन्न किसिमका डेरी प्रडक्टका लागि ग्राहकहरुलाई थप सहजता प्रदान गर्ने उदेश्य रहेको उनीहरु बताउँछन् ।
पछिल्लो केही समय यता रास्वपाका बरिष्ठ नेता एवम् प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाहले डीडीसीको महत्वलाई प्रकाश पारेसँगै सो उत्पादनको चर्चाले नयाँ उचाई समेत लिएको अवस्था छ ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र आफ्ना देशमा उत्पादित सामाग्रीबाट विभिन्न स्वाद पस्कन डीडीसी ब्राण्ड माहिर देखिन्छ ।
आजै नाग पन्चमीको शुभ साइतको अवसरमा शुभारम्भ गरीएको नयाँ आउटलेटमा डीडीसीकोतर्फबाट गणेश यादवले प्रतिनिधित्व जनाए । त्यस्तै, जेन्जी अभियन्ता समेत रहेका प्रकाश बोहोरा लगायतले उपस्थिती जनाए ।
हेल्दी फुड, ह्याप्पी फेमीलीको नाराले समेत सो ब्राण्ड परिचित छ ।

