
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सनुको मूल्य तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ६० रुपैयाँले बढेर तोलाको ४ हजार ७७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७१० रुपैयाँ रहेको थियो ।

