
प्रभु बैंक र ससःत्वा हस्पिटालिटी सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु बैंक र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससःत्वा हस्पिटालिटी प्रालिबी ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौतामा प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन तथा कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र ससःत्वा हस्पिटालिटीका बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल एवं सञ्चालक प्रबन्धक सुशान महर्जनले हस्तक्षार गरेका थिए।
सम्झौतापछि बैंकका ग्राहकले ससःत्वा हस्पिटालिटीका खाना तथा पेय पदार्थमा १०–१५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। ससःत्वाको सेवा तथा सुविधा प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य कुनै विद्युतीय प्रणालीबाट बिल भुक्तानी गर्नुपर्नेछ।
हाल बैंकले देशभर ३०० शाखा, २६५ एटीएम, ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।

