
शिवम् सिमेन्ट्सको नाफामा गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेको नाफामा गिरावट देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा गिरावट आएको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ७९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा १.७२ प्रतिशत घटेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १०.८७ प्रतिशत घटेको छ भने कुल नाफा ७.८४ प्रतिशत घटेको छ । कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा १९.४४ प्रतिशत बढेको छ भने कुल खर्च १३.२५ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६० पैसा घटेर १४ रुपैयाँ ३ पैसामा झरेको छ । गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ४४.२७ गुणा रहेको छ ।
५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९६ करोड रुपैयाँ सञ्चित छ ।

