
सनुको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ६ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख ६ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलाको ४ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७४५ रुपैयाँ रहेको थियो ।

