
नेप्सेमा सामान्य वृद्धि, कारोबार ३ अर्ब ५३ करोडमा सीमित

आज बुधबार नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० अंकमा बन्द भएको छ। यसदिन ३४८ सूचीकृत कम्पनीहरूको ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५३ करोडको सेयर कारोबार भएको छ।
आज १३ उपसूचकमध्ये पाँच उपसूचक बढेका छन् भने ८ उपसूचक राताम्मे बनेका छन्।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ६० लाख रुपैयााको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माउन्ट एभरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै आइसीएफसीका डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १५ प्रतिशतका दरले गुमाएका छन् ।

