
डिप्रोक्स लघुवित्तको नाफामा ७२ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण अनुसार नाफामा उच्च वृद्धि देखिएको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५७ करोड ३९ लाख रुपैयाँबाट ७२.४० प्रतिशतले बढेर ९८ करोड ९४ लाख रुपैयाँ पुगेको छ । आम्दानीमा आएको वृद्धि र खराब कर्जा घट्नुले कम्पनीको नाफा बढाउन ठूलो मद्दत पुगेको हो । लघुवित्तको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी समीक्षा अवधिमा १ अर्ब ८९ करोड ३० लाख रुपैयाँबाट उत्साहजनक वृद्धि भई २ अर्ब १८ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिशन आम्दानी १८ करोड ८९ लाख रुपैयाँबाट २० करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
योसँगै कम्पनीको कुल सञ्चालन आम्दानी २ अर्ब ८ करोड २७ लाख रुपैयाँबाट बढेर २ अर्ब ४० करोड ७३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९१ करोड ३८ लाख रुपैयाँबाट ह्वात्तै बढेर १ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३०.८८ रुपैयाँबाट ४८.१५ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २०३.०८ रुपैयाँबाट २२६.८७ रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य मुनाफा ५९ करोड ९८ लाख रुपैयाँबाट १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाखबाट २ अर्ब ५ करोड ५१ लाख रुपैयाँ पुगेको कम्पनीको रिजर्भ कोष १ अर्ब ३२ करोडबाट १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

