
स्नो रिभर्सको नाफा २४१ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । स्नो रिभर्स लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा २४१ प्रतिशतले बढेको हो ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २४१.५० प्रतिशत बढेर ११ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३७ करोड ७५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा २७३.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १११.३९ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५७.७७ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ५६ पैसा बढेर ११ रुपैयाँ ९३ पैसा पुगेको छ । चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ९ पैसा रहेको छ । ९३ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

