
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन बढेको सुन आज २०० रुपैयाँले घटेको छ भने अघिल्लो दिन बढेको चाँदी आज पनि २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर तोलाको ४ हजार ६७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ६४५ रुपैयाँ रहेको थियो ।

