
रहेनन् लियोनल मेस्सीका पिता जोर्गे मेस्सी, विश्वभरबाट शोक मनाइदै

काठमाडौं । लियोलन मेस्सीका पिता जोर्गे मेस्सीको दुखद निधन भएको छ । उनको ६८ वर्षमा मृत्यु भएको हो ।
फुटबलको कुशल खेलाडीका रुपमा विश्वभर आफ्नो राम्रो छवि बनाएका मेस्सी यति बेला जीवनकै ठूलो शोकमा परेका छन् । यति बेला उनीसँग अन्य खेल समयमा घमासान रुपमा एउटै मैदानमा भिड्ने प्रतिस्पर्धी खेलाडीहरुले समेत सान्त्वना दिन सुरु गरेको अवस्था छ । खेल जीवनमा उनको राष्ट्र अर्जेन्टीनाबाट मात्र नभई विश्वका फुटबल प्रेमीलाई लोभ्याउन सक्ने जादु भएका मेस्सीले यस पटकको विश्वकमा समेत अन्तिम समयसम्म काँध थाप्न सफल भए । उनले फुटबल इतिहासमा विभिन्न किसिमका रेकर्ड बनाएको जग जाहेर नै छ ।अहिले मेस्सीले विश्वकपको बेलामा आगामी दिनमा आफूले केही संघर्ष गर्नु पर्ने विषय बोलेको र त्यस्तो अभिव्यक्ती पनि उनको पिताको स्वास्थ्यसँग जोडिएको हुनसक्ने आँकलन गरिएको छ ।
यद्यपी एउटा मानिसले आफ्नो नाम र इज्जतको लागि जीवनभर कठिन परिश्रम गर्ने गर्छन् भने त्यस्तो परिश्रमको पर्यायवाची बनेका लियोनलाई धैर्य धारण गर्ने क्षमता समेत मिलोस् ।
ज्यान गुमाएका जोर्गे मेस्सी प्रति यतिबेला विश्वभरबाट हार्दिक श्रद्धा सुमन अर्पण भइरहेको अवस्था छ ।

