
सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकम साढे ३ अर्बमा सिमित

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज भने एकल अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजार ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८४ कम्पनीको बढेको छ । ७ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स १.१६ अंकले घटेर ४६३.५६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ । परिसूचक एकल अंकले घटेको दिन सेयर बजारमा साढे ३ अर्ब माथिको कारोबार भएको छ । आज ३३४ कम्पनीका १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर ४६ हजार ९१२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५४१ रुपैयाँको कारोबार भएको छ ।

