“बहुध्रुवीय विश्वमा चीन र दक्षिण एशिया“ विषयक अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

२०८३ श्रावण २२ शुक्रबार, काठमाडौं।“बहुध्रुवीय विश्वमा चीन र दक्षिण एशिया“ शीर्षकको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज ७ अगस्टदेखि ललितपुरको पुल्चोकस्थित द स्क्वायर होटलमा सुरु भएको छ। सम्मेलनमा नेपाल, चीन र भारतका प्रतिष्ठित विद्वान्, कूटनीतिज्ञ तथा रणनीतिक मामिलाका विज्ञहरू सहभागी भई दक्षिण एशियाको विकसित हुँदै गएको भूराजनीतिक परिवेशबारे छलफल गरिरहेका छन्।
यो सम्मेलन चीनको फुडान विश्वविद्यालयको दक्षिण एशिया अध्ययन केन्द्र र नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइश) को संयुक्त आयोजनामा भइरहेको हो। सम्मेलनको उद्देश्य क्षेत्रीय सहकार्य, त्रिदेशीय सम्पर्क, सुरक्षा तथा बहुध्रुवीय विश्वमा देखा परिरहेका नयाँ चुनौतीहरूबारे शैक्षिक संवाद र नीतिगत छलफललाई प्रवद्र्धन गर्नु हो। सम्मेलनमा नेपाल, चीन र भारतका करिब ३० जना वक्ता, शिक्षाविद्, कूटनीतिज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता तथा रणनीतिक मामिलाका विज्ञहरूको सहभागिता रहेको छ।
उद्घाटन सत्रका प्रमुख वक्ता नेपालका परराष्ट्र मन्त्री माननीय शिशिर खनालले “एशियाको रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसरहरू सिर्जना गरेको“ उल्लेख गर्दै “दक्षिण एशियामा अपार सम्भावना भए पनि त्यसको आर्थिक क्षमता अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन“ भन्नुभयो। उहाँले नेपालले भारत र चीन दुवैको निरन्तर विकास र समृद्धिलाई हार्दिक स्वागत गर्ने तथा सार्वभौम समानता, पारस्परिक सम्मान, पारस्परिक लाभ तथा एकअर्काका वैध हित र चासोप्रति संवेदनशीलताको आधारमा दुवै छिमेकीसँगको दीर्घकालीन द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री खनालले आर्थिक कूटनीति नेपालका बाह्य सम्बन्धका प्रमुख प्राथमिकतामध्ये एक बनेको उल्लेख गर्दै नेपालको परराष्ट्र नीति व्यापार, लगानी, रोजगारी, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासमार्फत नागरिकको जीवनस्तर उकास्ने दिशामा केन्द्रित रहेको बताउनुभयो। उहाँले नेपाललाई “भूपरिवेष्ठित राष्ट्रबाट चीन र दक्षिण एशियाबीचको गतिशील र जीवन्त सेतु“ का रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै सीमापार यातायात सञ्जाल, व्यापार सहजीकरण, डिजिटल सम्पर्क तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिनुभयो।
नेपालका तुलनात्मक लाभहरूबारे चर्चा गर्दै उहाँले जलविद्युत् सम्भावना, समृद्ध जैविक विविधता, पर्यटनका स्रोत तथा चीन र दक्षिण एशियासँगको साझा सभ्यतागत सम्बन्धलाई नेपालको महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो। उहाँले व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा, प्रविधि, जलवायु अनुकूलन, अनुसन्धान तथा जनस्तरको आदानप्रदानमार्फत व्यावहारिक साझेदारी निर्माण गर्न सके मात्र क्षेत्रको साझा भविष्य सुनिश्चित हुने धारणा राख्नुभयो। आफ्नो मन्तव्यको अन्त्यमा उहाँले “एशियाको भविष्य केवल अर्थतन्त्रको आकार वा प्रविधिको गतिले मात्र होइन, हामीले निर्माण गर्ने साझेदारीको गुणस्तर र विकास गर्ने विश्वासले निर्धारण गर्नेछ“ भन्दै साझा समृद्धि र दिगो विकासका लागि नेपालले आफ्नो रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम डा. झाङ माओमिङले भन्नुभयो, “हालका वर्षहरूमा शताब्दीमै नदेखिएका गहिरा परिवर्तनहरूका बीच पुराना र नयाँ विरोधाभासहरू एकअर्कासँग गाँसिएका छन्। विश्वका विभिन्न क्षेत्रमा द्वन्द्वहरू भइरहेका छन्। एकपक्षीयता, संरक्षणवाद र प्रभुत्ववादको प्रवृत्ति बढ्दै जाँदा शान्ति र विकास गम्भीर चुनौतीमा परेका छन्। अन्तर्राष्ट्रिय व्यवस्थामाथि अभूतपूर्व क्षति पुगेको छ र विश्व फेरि जंगलको नियमतर्फ फर्किने जोखिममा छ।“
यद्यपि, उहाँले “यस परिस्थितिका बीच पनि दक्षिण एशियाले समग्र स्थिरता कायम राख्दै निरन्तर आर्थिक वृद्धि हासिल गरेको छ र विश्व शक्ति संरचनामा अपरिहार्य उदाउँदो शक्तिका रूपमा स्थापित भएको छ। दक्षिण एशियाको विकासले विश्वको बहुध्रुवीकरणको प्रक्रियालाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्छ र ’एशियाली शताब्दी’को आगमनको सशक्त प्रमाण हो।” भन्नुभयो।
नेपालको रणनीतिक महत्वबारे चर्चा गर्दै उहाँले “चीन र दक्षिण एशियालाई जोड्ने महत्वपूर्ण पुलका रूपमा नेपालले सम्पर्क विस्तार तथा व्यावहारिक सहकार्य प्रवद्र्धनमा अपरिहार्य भूमिका निर्वाह गरिरहेको“ उल्लेख गर्नुभयो।
राजदूत झाङले “सन् २०२६ चीनको १५औँ पञ्चवर्षीय योजनाको प्रारम्भ र नेपालको नयाँ सरकारको पहिलो वर्ष भएकाले दुई देशबीच रणनीतिक समन्वय र समग्र विकासलाई थप सुदृढ बनाउने अवसर सिर्जना भएको“ बताउनुभयो। भविष्यको सहकार्यबारे उहाँले “चीन नेपालसँग मिलेर दुवै देशका नेताहरूबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न, उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्यलाई अघि बढाउन तथा गरिबी न्यूनीकरण, स्वास्थ्य सेवा र जनस्तरको आदानप्रदानलगायत विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्न तयार रहेको“ बताउनुभयो। साथै, “दुई देशले दक्षिण एशियाली मुलुकहरूबीचको द्विपक्षीय सहकार्यको उदाहरण प्रस्तुत गर्दै क्षेत्रीय स्थायित्व र समृद्धिमा योगदान पु¥याउने“ विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन सत्रको अध्यक्षता एनआईआईसीईकी निर्देशक सुमित्रा कार्कीले गर्नुभएको थियो भने एनआईआईसीईका अनुसन्धान निर्देशक डा. प्रमोद जैसवालले स्वागत मन्तव्य दिनुभएको थियो। उहाँले परराष्ट्र नीति, रणनीतिक मामिला, आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय व्यापार तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा काम गर्ने स्वतन्त्र थिंक ट्याङ्कहरूका लागि नेपाल सरकारले विशेष सहयोग संयन्त्र स्थापना गर्नुपर्ने सुझाव दिनुभयो। साथै, भारत र चीनमा नेपाल अध्ययन केन्द्र स्थापना तथा प्रवद्र्धन गर्न सरकारलाई आग्रह गर्नुभयो।
निर्देशक सुमित्रा कार्कीले नेपाल–चीन तथा नेपाल–भारत सम्बन्धलाई अझ गहिरो बनाउन एनआईआईसीईले निरन्तर बौद्धिक बहस तथा छलफलहरू आयोजना गर्दै आएको बताउनुभयो। उहाँले यस संयुक्त सम्मेलनले दुवै संस्थाको क्षेत्रीय विषयमा शैक्षिक संवाद र नीतिगत सहभागिता प्रवद्र्धन गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको उल्लेख गर्नुभयो। साथै, सम्मेलनले नेपाल, चीन र भारतका विद्वान्हरूबीच अर्थपूर्ण संवाद तथा शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
मन्त्री खनालले आर्थिक कूटनीति नेपालका बाह्य सम्बन्धका प्रमुख प्राथमिकतामध्ये एक बनेको उल्लेख गर्दै नेपालको परराष्ट्र नीति व्यापार, लगानी, रोजगारी, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासमार्फत नागरिकको जीवनस्तर उकास्ने दिशामा केन्द्रित रहेको बताउनुभयो। उहाँले नेपाललाई “भूपरिवेष्ठित राष्ट्रबाट चीन र दक्षिण एशियाबीचको गतिशील र जीवन्त सेतु“ का रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै सीमापार यातायात सञ्जाल, व्यापार सहजीकरण, डिजिटल सम्पर्क तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिनुभयो।
नेपालका तुलनात्मक लाभहरूबारे चर्चा गर्दै उहाँले जलविद्युत् सम्भावना, समृद्ध जैविक विविधता, पर्यटनका स्रोत तथा चीन र दक्षिण एशियासँगको साझा सभ्यतागत सम्बन्धलाई नेपालको महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो। उहाँले व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा, प्रविधि, जलवायु अनुकूलन, अनुसन्धान तथा जनस्तरको आदानप्रदानमार्फत व्यावहारिक साझेदारी निर्माण गर्न सके मात्र क्षेत्रको साझा भविष्य सुनिश्चित हुने धारणा राख्नुभयो। आफ्नो मन्तव्यको अन्त्यमा उहाँले “एशियाको भविष्य केवल अर्थतन्त्रको आकार वा प्रविधिको गतिले मात्र होइन, हामीले निर्माण गर्ने साझेदारीको गुणस्तर र विकास गर्ने विश्वासले निर्धारण गर्नेछ“ भन्दै साझा समृद्धि र दिगो विकासका लागि नेपालले आफ्नो रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम डा. झाङ माओमिङले भन्नुभयो, “हालका वर्षहरूमा शताब्दीमै नदेखिएका गहिरा परिवर्तनहरूका बीच पुराना र नयाँ विरोधाभासहरू एकअर्कासँग गाँसिएका छन्। विश्वका विभिन्न क्षेत्रमा द्वन्द्वहरू भइरहेका छन्। एकपक्षीयता, संरक्षणवाद र प्रभुत्ववादको प्रवृत्ति बढ्दै जाँदा शान्ति र विकास गम्भीर चुनौतीमा परेका छन्। अन्तर्राष्ट्रिय व्यवस्थामाथि अभूतपूर्व क्षति पुगेको छ र विश्व फेरि जंगलको नियमतर्फ फर्किने जोखिममा छ।“
यद्यपि, उहाँले “यस परिस्थितिका बीच पनि दक्षिण एशियाले समग्र स्थिरता कायम राख्दै निरन्तर आर्थिक वृद्धि हासिल गरेको छ र विश्व शक्ति संरचनामा अपरिहार्य उदाउँदो शक्तिका रूपमा स्थापित भएको छ। दक्षिण एशियाको विकासले विश्वको बहुध्रुवीकरणको प्रक्रियालाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्छ र ’एशियाली शताब्दी’को आगमनको सशक्त प्रमाण हो।“ भन्नुभयो।
नेपालको रणनीतिक महत्वबारे चर्चा गर्दै उहाँले “चीन र दक्षिण एशियालाई जोड्ने महत्वपूर्ण पुलका रूपमा नेपालले सम्पर्क विस्तार तथा व्यावहारिक सहकार्य प्रवद्र्धनमा अपरिहार्य भूमिका निर्वाह गरिरहेको“ उल्लेख गर्नुभयो।
राजदूत झाङले “सन् २०२६ चीनको १५औँ पञ्चवर्षीय योजनाको प्रारम्भ र नेपालको नयाँ सरकारको पहिलो वर्ष भएकाले दुई देशबीच रणनीतिक समन्वय र समग्र विकासलाई थप सुदृढ बनाउने अवसर सिर्जना भएको“ बताउनुभयो। भविष्यको सहकार्यबारे उहाँले “चीन नेपालसँग मिलेर दुवै देशका नेताहरूबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न, उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्यलाई अघि बढाउन तथा गरिबी न्यूनीकरण, स्वास्थ्य सेवा र जनस्तरको आदानप्रदानलगायत विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्न तयार रहेको“ बताउनुभयो। साथै, “दुई देशले दक्षिण एशियाली मुलुकहरूबीचको द्विपक्षीय सहकार्यको उदाहरण प्रस्तुत गर्दै क्षेत्रीय स्थायित्व र समृद्धिमा योगदान पु¥याउने“ विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन सत्रको अध्यक्षता एनआईआईसीईकी निर्देशक सुमित्रा कार्कीले गर्नुभएको थियो भने एनआईआईसीईका अनुसन्धान निर्देशक डा. प्रमोद जैसवालले स्वागत मन्तव्य दिनुभएको थियो। उहाँले परराष्ट्र नीति, रणनीतिक मामिला, आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय व्यापार तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा काम गर्ने स्वतन्त्र थिंक ट्याङ्कहरूका लागि नेपाल सरकारले विशेष सहयोग संयन्त्र स्थापना गर्नुपर्ने सुझाव दिनुभयो। साथै, भारत र चीनमा नेपाल अध्ययन केन्द्र स्थापना तथा प्रवद्र्धन गर्न सरकारलाई आग्रह गर्नुभयो।
निर्देशक सुमित्रा कार्कीले नेपाल–चीन तथा नेपाल–भारत सम्बन्धलाई अझ गहिरो बनाउन एनआईआईसीईले निरन्तर बौद्धिक बहस तथा छलफलहरू आयोजना गर्दै आएको बताउनुभयो। उहाँले यस संयुक्त सम्मेलनले दुवै संस्थाको क्षेत्रीय विषयमा शैक्षिक संवाद र नीतिगत सहभागिता प्रवद्र्धन गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको उल्लेख गर्नुभयो। साथै, सम्मेलनले नेपाल, चीन र भारतका विद्वान्हरूबीच अर्थपूर्ण संवाद तथा शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन सत्रको समापन फुदान विश्वविद्यालयको दक्षिण एशिया अध्ययन केन्द्रका निर्देशक प्रा. डा. झाङ जियाडोङको धन्यवाद ज्ञापनसँगै सम्पन्न भयो। उहाँले प्रमुख वक्तव्यका लागि परराष्ट्र मन्त्रीप्रति आभार व्यक्त गर्दै सबै मित्रराष्ट्रहरू, विशेषगरी चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम राख्ने नेपालको नीतिको प्रशंसा गर्नुभयो। उहाँले चीन र नेपाल पहाड र नदीले जोडिएका मैत्रीपूर्ण छिमेकी तथा पुस्तौंदेखिको मित्रता, पारस्परिक सहयोग र साझा विकासमा आधारित साझेदार भएको उल्लेख गर्नुभयो। उहाँले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै राष्ट्रिय हितमा आधारित नयाँ शैलीको कूटनीति अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
“एशियाली शताब्दी“ को अवधारणाबारे चर्चा गर्दै उहाँले यो विचार नयाँ नभए पनि विश्वव्यापी परिवर्तनका कारण यसको समकालीन महत्व अझ बढेको बताउनुभयो। चीन, नेपाल र भारतबीचको ऐतिहासिक ट्रान्स–हिमालय सभ्यतागत सम्बन्धको उल्लेख गर्दै उहाँले सांस्कृतिक निकटता मात्र पर्याप्त नहुने र त्यसलाई व्यावहारिक क्षेत्रीय सहकार्यमा रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले सम्मेलनलाई तीन देशका विद्वान्हरूबीच पारस्परिक समझदारी अभिवृद्धि गर्ने, दृष्टिकोणगत अन्तर कम गर्ने र साझा हित पहिचान गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्नुभयो।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा आठवटा विषयगत सत्र आयोजना हुनेछन्। ती सत्रहरूमा बहुध्रुवीय विश्वमा चीन र दक्षिण एशिया, नेपाल–चीन–भारत त्रिपक्षीय सहकार्य, तीन देशबीचका द्विपक्षीय सम्बन्ध, रणनीतिक प्रतिस्पर्धा तथा सुरक्षा, आर्थिक करिडोर र क्षेत्रीय विकास, सौम्य शक्ति (क्यात एयधभच) र शैक्षिक कूटनीति, तथा नेपालको आन्तरिक राजनीति र परराष्ट्र नीति लगायतका विषयमा छलफल हुनेछ।
सम्मेलनमा चीनका फुदान विश्वविद्यालय, युनान एकेडेमी अफ सोशल साइन्सेज, सांघाई इन्स्टिच्युट्स फर इन्टरनेशनल स्टडिज, हेबेई युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेस, भारतका मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस, जवाहरलाल नेहरू विश्वविद्यालय, दिल्ली विश्वविद्यालय, फोर स्कूल अफ म्यानेजमेन्ट, तथा नेपालका पूर्व चिनियाँ राजदूतहरू, त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नीति अनुसन्धान प्रतिष्ठान (एयष्अिथ च्भकभबचअज क्ष्लकतष्तगतभ) र एनआईआईसीईका विद्वान् तथा विशेषज्ञहरू वक्ताका रूपमा सहभागी छन्।
यो अन्तर्राष्ट्रिय सम्मेलन ८ अगस्ट २०२६ मा सम्पन्न हुनेछ।