
कुमारी क्यापिटलका तीन बन्दमुखी योजनाहरुको लाभांश घोषणा

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका तीन बन्दमुखी योजनाहरुका इकाईधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले र कुमारी सबल योजनाका इकाईधनीहरुलाई २.९० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
साउन २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनार्थ यी योजनाहरुले भदौ ४ गते बिहीबार एक दिनका लागि बुकक्लोज गर्ने भएका छन् । यस अनुसार भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन् ।

