
सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, कति पुग्यो तोलाको ?

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढर कारोबार भएको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ९०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । आज सुन तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५७० रुपैयाँ रहेको थियो ।

