
सिद्धार्थ व्यवस्थित लगानी योजनाले वितरण गर्यो लाभांश, इकाईधनीको खातामा ३ प्रतिशत नगद जम्मा

काठमाडौं । आर्थिक वर्ष २ ०८२/८३ को लाभांश सबैभन्दा पहिला सिद्धार्थ व्यवस्थित लगानी योजनाले वितरण गरेको छ । साउन ८ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
साउन ८ गतेसम्म कायम इकाईधनीहरुका लागि मात्र साउन १९ गतेदेखि सम्बन्धित इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरिएको जानकारी योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले दिएको छ । यो योजना खुलामुखी प्रकृतिको योजना भएकाले लाभांश पुनः लगानी समेत गर्न सकिनेछ ।
पुनः लगानी योजनामा सहभागी हुनेहरुको हितग्राही खातामा इकाई जम्मा गरिएको समेत योजना व्यवस्थापकको भनाई छ । आर्थिक वर्ष २ ०८१/८२ को लागि ८ प्रतिशत नगद लाभांश वितरण गरेको यस योजनाले यो वर्ष भने गत वर्षभन्दा कम लाभांश वितरण गरेको हो ।
सिद्धार्थ व्यवस्थित लगानी योजनाले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा इकाईधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। तर चालु वर्षमा भने लाभांश दर घटेर ३ प्रतिशतमा सीमित भएको छ।
पछिल्लो समय म्युचुअल फण्डहरूले वित्तीय विवरण सार्वजनिक गर्ने र लाभांश घोषणा गर्ने क्रम सुरु गरेका छन्। बजारको अवस्था, लगानीबाट प्राप्त प्रतिफल तथा नगद मौज्दातका आधारमा योजनाहरूले लाभांश निर्धारण गर्ने गरेका छन्। सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश वितरणले चालु आर्थिक वर्षको म्युचुअल फण्ड लाभांश सिजन सुरु भएको संकेत गरेको छ।

