
अर्थमन्त्री डा.वाग्लेले आज वाणिज्य बैंकका सीईओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज ‘क’ वर्गका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे आयोजना हुने छलफलमा बजेटमार्फत सरकारले अघि सारेका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा बैंकिङ क्षेत्रको भूमिकाबारे छलफल हुनेछ। साथै, वित्तीय प्रणालीको पछिल्लो अवस्था र बैंकिङ क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ।
मन्त्रालयका अनुसार छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुनेछन्।

