
पेसएक्स प्रिमियर लिग फुटसल: क्वाटरफाइनल समीकरण पूरा, भोलि उपाधि भिडन्त हुने

काठमाडौं । पेसएक्स स्पोर्ट्सको आयोजनामा जारी ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’ अन्तर्गत लिग चरण र नकआउट चरण (राउन्ड अफ १६) का खेलहरू शनिबार सम्पन्न भएका छन्। जितसँगै अन्तिम आठ टोलीले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
बुढानीलकण्ठस्थित कुपन स्पोर्ट्स सेन्टरमा साउन १५ देखि सञ्चालन भइरहेको प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहेको छ।
लिग चरणबाट नकआउट पुग्ने टोलीहरू
प्रतियोगिताको लिग चरणका विभिन्न समूहबाट उत्कृष्ट प्रदर्शन गर्दै निम्न टोलीहरू नकआउट चरणमा प्रवेश गरेका थिए:
समूह ‘ए’: नोबेल फुटबल एकेडेमी (प्रथम) र सेखा एफसी (दोस्रो)
समूह ‘बी’: डाइनामिक एफसी (प्रथम) र हिमालयन एफसी (दोस्रो)
समूह ‘सी’: मेन्टेन एफसी (प्रथम) र होराक एफसी (दोस्रो)
समूह ‘डी’: कुपन एफसी (प्रथम) र वि प्ले एफसी (दोस्रो)
समूह ‘ई’: रोयल नेपाल (प्रथम) र फोर एस ब्वाइज चाल्नाखेल (दोस्रो)
समूह ‘एफ’: ठमेल ११ (प्रथम) र एफसी मनकामना (दोस्रो)
समूह ‘जी’: चन्द्रागिरी विकास मञ्च (प्रथम) र नव दुर्गा युवा क्लब (दोस्रो)
समूह ‘एच’: एभरेस्ट एफसी (प्रथम) र करुणा एफसी (दोस्रो)
राउन्ड अफ १६ का नतिजा र क्वाटरफाइनल समीकरण
शनिबार नै सम्पन्न नकआउट चरण (राउन्ड अफ १६) को प्रतिस्पर्धात्मक खेलहरू जित्दै आठ टोलीले क्वाटरफाइनलको यात्रा तय गरेका छन्:
नोबेल एकेडेमी ले हिमालयन एफसीलाई पराजित गर्यो।
रोयल नेपाल एफसी ले एफसी मनकामनालाई हरायो।
करुणा एफसी ले चन्द्रागिरी विकास मञ्चमाथि जित निकाल्यो।
डाइनामिक एफसी ले सेखा एफसीलाई पछाडि पार्यो।
ठमेल ११ ले फोर ब्वाइज चाल्नाखेललाई पराजित गर्यो।
होराक एफसी ले कुपन एफसीलाई हरायो।
मेन्टेन एफसी ले वी प्लेलाई पराजित गर्यो।
एभरेस्ट एफसी ले नव दुर्गा युवा क्लबलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनायो।
भोलि (आइतबार) हुनेछन् फाइनल खेलहरू
आयोजक पेसएक्स स्पोर्ट्सका अनुसार प्रतियोगिताको अन्तिम दिन भोलि साउन १७ गते क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरू सञ्चालन हुनेछन्।
पुरस्कार राशि
विजेता टोली: नगद रु १,११,१११ (एक लाख एघार हजार एक सय एघार), ट्रफी र प्रमाणपत्र।
उपविजेता (दोस्रो): नगद रु ५१,१११, ट्रफी र प्रमाणपत्र।
तेस्रो स्थान: नगद रु २१,१११, ट्रफी र प्रमाणपत्र।
यसबाहेक उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि आकर्षक ट्रफी तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ।
नेपाली खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले स्थापित पेसएक्स स्पोर्ट्सले आगामी दिनहरूमा फुटसलका साथै अन्य खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्दै जाने लक्ष्य राखेको छ।

