
खल्तीमार्फत डिम्याट र मेरोशेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याक पाइने

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘१००% उपहार’ योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत खल्तीमार्फत आफ्नो खाता नवीकरण गर्ने ग्राहकहरूमध्ये हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १०० प्रतिशत क्यासब्याक जित्ने अवसर पाउनेछन्। सीडीएस एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न समयसीमा तोकेको छ। निर्धारित समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्ने र यसले शेयर खरिद–बिक्री लगायतका पूँजीबजार सम्बन्धी कारोबारमा अवरोध पुऱ्याउने भएकाले खल्तीले प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहित गर्न यो आकर्षक योजना ल्याएको हो। यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
हाल डिम्याट खाताका लागि वार्षिक १०० रुपैयाँ र मेरोशेयरका लागि ५० रुपैयाँ नवीकरण शुल्क लाग्ने व्यवस्था छ। प्रयोगकर्ताले खल्ती एपभित्र रहेको ‘फाइनान्सियल सर्भिसेस’ मा गएर ‘मेरोशेयर एण्ड डिम्याट रिन्युवल’ विकल्प छनोट गरी आफ्नो विवरण भरेर केही सेकेन्डमै सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्। साथै, आफ्नो ब्रोकर वा डीपी को वेबसाइटबाट नवीकरण गर्दा पनि खल्ती पेमेन्ट गेटवेमार्फत सहजै शुल्क बुझाउन सकिने व्यवस्था मिलाइएको छ।
खल्तीले डिम्याट र मेरोशेयर नवीकरण प्रक्रियालाई छिटो, सुरक्षित र सहज बनाउन एप र पेमेन्ट गेटवे दुवै माध्यमबाट २४ सै घण्टा सेवा उपलब्ध गराउँदै आएको छ। अन्तिम समयको चाप र खाता रोक्का हुने जोखिमबाट बच्न घरमै बसेर समयमै नवीकरण गरी क्यासब्याक योजनामा सहभागी हुन खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ।

