नेपाल लाइफले घोषणा गर्यो लाभांश
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश निर्धारण गरेको छ। उक्त लाभांश कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले निर्धारण गरेको हो । कम्पनीका अनुसार आर्थिक वर्ष २०८०।८१ को नाफाबाट सेयरधनीहरुलाई लभांश वितरण गरिने छ ।
यता नेपाल लाइफको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश दिइने भन्दै कम्पनीले निर्णय सार्वजनिक गरेको छ।
विगतका वर्षहरुमा जस्तै बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण तथा कम्पनीको आउँने साधारण सभाबाट सदर भएसँगै लभांश लगानीकर्ताहरुमा वितरण हुनेछ ।
नेपाल लाइफ इन्स्योरेन्स नेपाली बीमा क्षेत्रमा सबैभन्दा धेरै चुक्ता पुँजी भएको तथा विभिन्न सूचकहरुमा स्वस्थ्य तथा अग्रणी स्थानमा रहेको कम्पनी हो । विगत लामो समयदेखि धेरै जना बीमित तथा नागरिकहरुको विश्वास जित्दै आएको कम्पनीले आगामी दिनमा समेत नयाँ रणनीतिका साथ नेपाली बजार सहाउँदो र अन्तराष्ट्रिय मापदण्डलाई समेत आत्मसाथ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
उक्त जानकारी नेपाल लाइफका कम्पनी सचिव बिनोद कुमार भुजेलले दिएका हुन् ।